मैले देखेको र बुझेको विकासको भिन्नता 👉

उत्तरआधुनिक विकासको लहर बिस्वभरि नै चलिरहदा मेरो गाउँ त्यो समयमा बत्ति मुनिको अँध्यारोमै थियो। नजिकैको बजारमा यी सबै कुराहरु उपलब्ध हुँदा पनि, हाम्रो गाउँमा भने अभाब नै थियो । बिजुली बत्ति, बाटो र टेलिफोन जस्ता सुबिधाहरुबाट बन्चित जस्तै नै थियो। विकासको नाममा मैले देखेको भनेको घरबाट टाढा रहेको धान कुटाउने मिल, एक घण्टा पैदल लाग्ने बजार, कम्तिमा पनि आधा घण्टा पैदल लाग्ने बिद्यालय, घरि घरि आउने जाने गरिरहने बिजुली बत्ति अनि श्यामस्वेत टेलिभिजन मात्र थियो।  येही वातावरणमै मैले आफ्नो SLC सम्मको अध्ययन पुरा गरें। विद्यालयको अध्ययनमा मैले बुझेको विकास भनेको ठुला ठुला सहर हरु हुन्छन, कम्प्युटर भन्ने मेसिन हुन्छ, ठुला ठुला घरहरु हुन्छन,  ठुला ठुला बाटो अनि ति बाटो मा गुड्ने ठुला ठुला बस हरु हुन्छन भन्ने मात्रै थियो। सामाजिक बिसयको अध्ययनको समयमा मलाइ संधैभरी  ठुलो सहर र त्यो ठुलो सहर को विकास देख्न मन भैरहन्थ्यो।  

समयको चक्रसंगै उच्चशिक्षा अध्ययनको लागि मलाइ हाम्रो देसको राजधानीमा आउने ठुलो मौका मिल्यो। मेरो कल्पनामा रहेको विकासको सहर देख्न पाएको थिए मैले। ठुला ठुला घरहरु, ठुला ठुला बाटोहरु, अनि ति बाटोमा गुड्ने ठुला ठुला बस हरु, एयरपोर्ट, हवाइजहाज, धेरै बिद्यालय, ठुलो बजार सबै मेरो आँखा अगाडीनै थिए। म मेरो आँखा अगाडी नै रेस्टुरेन्ट, क्याफे, स्कुल, कलेज, हातमा मोबाइल फोन, अनि घर घरमा टेलिफोन देखिरहेको थिये।मलाइ कलेज जान, बजार जान टाढा पर्दैन थियो, घर अगाडी नै बस आउँथ्यो, बजार नजिकै थियो। मलाइ लागिरहेको थियो  मैले स्कुलमा सामाजिक बिसयमा पढेको विकास येति राम्रो हुने रहेछ।  मैले कम्प्युटर हुन्छ भनेर सुनेको मात्रै थिए, तर मैले यहा आएपछि देख्न र प्रयोग गर्न पाएको थिएँ अनि मेरो हातमा मोबाइल फोन थियो।  मलाइ लागिरहेको थियो कि म एउटा उत्तरआधुनिक सहरमा छु, बिकसित सहरमा बिकसित जीवनयापन  गरिरहको छु ।  

अध्ययनकै सिलसिलामा मलाई यो बिस्वमा हाम्रो राजधानी भन्दा पनि बिकसित सहरहरु छन् भन्नेकुराको जानकारी भयो। मलाइ त्यो आधुनिक सहर देख्न त्यो समय देखि नै धेरै रुचि थियो। समयको दौरान संगै फेरि उच्च सिक्षा अध्ययनको लागि अस्ट्रेलियाको मेल्बर्न आउने मौका जुर्यो। जब अस्ट्रेलियाको मेल्बर्न सहरमा आइपुगे, तब देखि मैले उत्तरआधुनिकताको परिभाषा र उत्तरआधुनिक विकास बुझ्ने मौका पाएँ।  मैले बुझेको आधुनिक विकास मैले पैले देखेको बिकास भन्दा धेरै फरक पाए।

मेरो पहिलो बुझाइ यो रह्यो कि  'ठुला ठुला कंक्रीट भवनले मात्र विकासको मापन गर्दैन'।  मलाई पहिले मेरो देसको राजधानीमा घर संग घर जोडिएका ठुला ठुला कंक्रीट भवन बिकासको मापदण्ड हो भन्ने लाग्थ्यो ।  मैले स्कुल पढ्दा गणित बिसयको ज्यामिती जस्तै नाप तौल गरेर नापेर बनाइएका घरहरु, घरहरुको बिचमा नापेर राखिएको खाली ठाउ, मानिसहरु लाइ सहज हिंडडुल गर्न बनाइएका आयातकार छुट्टै बाटोहरु देख्दा मैले यो बुझें कि, मैले मेरो अध्ययनको क्रममा पढेको 'ब्यबस्थित सहरीकरण' को नमुना यहि हो।  

नियमित बसोबासका लागि बनाइएका घर हरु हुन् या ब्यापार ब्यबसायको लागि बनाइएका भवनहरु हुन्, या त पर्यटन लक्षित भवनहरु हुन्, सबैमा येउटै समानता छ, त्यो हो 'ब्यबस्था'। नापेर, तौलिएर, हरेक प्रकारका प्रकोप पनि झेल्न सक्ने गरि बनाइएका गगनचुम्बी ब्यबसायिक र पर्यटन लक्षित भवनहरु।  अनि ति भवनहरुसम्म सजिलै पुग्न सक्ने गरि बनाइएका फराकिला र सहज बाटो घाटो हरु।  यति ब्यबस्थित सहर मैले पहिलो पटक देखें मौका पाएको हुँ। तेती ठुला र धेरै भवनहरु हुँदा पनि, प्रसस्त र पर्याप्त खाली ठाउँको ब्यबस्था हुनु, ति भवनहरु भित्र पनि फराकिला कोठाहरु हुनु, आवस्यक पर्ने हरेक भौतिक पूर्वाधार उपलब्ध हुनु अनि नाप तौल गरेर चिटिक्क बनाइएका पार्क हरु हुनुले मलाई भौतिक विकासको अर्थ बुझ्न सहयोग गर्र्यो।  मैले यो बुझें कि, ठुला ठुला भवन हरु बनाउनु मात्रै भौतिक विकास होइन, भवन संगै आवस्यक पूर्वाधार पनि संगै जोडिएर आउँछन्।  अझ यी भवन बनाउदा खेरि वातावरणीय प्रभाव मूल्यांकन गरेर बनाएको देख्दा मलाई यो अनुभूति भयो कि भौतिक विकास र वातावरण अभुतपुर्व रुपले सम्बन्धित छन्। ब्यबथित ढल, भूमिगतरुपमा  जोडिएका बिजुली बत्तीका पाइपहरु, ब्यबस्थित खाने पानि, ब्यबस्थित अनि भूमिगत खान पकाउने ग्यासको ब्यबस्था देखेपछि मैले सोचें, भुतिक विकास मा यी सबै चिजहरु अटाउनु जरुरि छ र मैले देखेको मेरो राजधानी भित्रको भौतिक विकास ले यी कुरा हरुलाइ सच्याउनु जरुरि छ।   

मेरो बुझाइको दोस्रो अध्याय 'स्थानीय स्रोतसाधान को उपयोग' थियो।  जब मैले यहाँका आवासिय घरहरु देखें , याँहाका घरहरु बनाउने तरिका देखें तब मलाई अनौठो लाग्यो। किनकि यांहाका आवासिय समुदाय  तथा सबर्बहरुमा बन्ने घरहरु काठको अधिकतम प्रयोग र कंक्रीट को धेरै कम प्रयोग बाट बनाइएको  हुन्छ। आवासीय घरहरुमा पिलर राखिएको हुदैन ( आवासीय ठुला अपार्टमेन्ट बाहेक) र सम्पूर्ण पर्खाल तथा छतको आधारमा  पनि काठपात कै प्रयोग गरिएको हुन्छ। यहाँका भवनहरु बनाउने तरिकाबाट मैले बुझेको भौतिक विकासको परिभाषा 'स्थानीय स्रोत साधनको अधिकतम प्रयोग' भन्ने रह्यो।  सहज रुपमा उपलब्ध स्थानीय स्रोत साधनको उपयोग ले बिकासमा हुने खर्च कम हुन आउछ भने प्रयोग गर्न पनि सजिलो हुन्।  मैले पहिले देखेको मेरो राजधानीको सहरी विकास ले पनि यो कुरालाइ मध्यनजर गर्नु जरुरि देखें मैले। 

मैले बुझेको अर्को महत्वपुर्ण अध्याय भनेको 'मानिसहरुले कपडा लगाउने तरिका र फेसनले मानिसहरुको चरित्र निर्धारण गर्दैन' । मैले मेरो राजधानीमा धेरै कुराहरु देख्ने मौका पाउदा, फेसन र मुख्य रुपमा केटिहरुले लगाउने लुगालाई लिएर उसको चरित्रमाथि धेरै टिकाटिप्पणी देखें मौका पनि पाएको हो।  गाउँ देखि लिएर सहर सम्म, अलि छोटो लुगा लगाउने महिला, कपाल मा रंग लगाएर हिड्ने केटामानिसहरु, ट्याटु खोपेर हिड्ने जो कोहि लाइ पनि हेर्ने दृस्टीकोंड

नराम्रो नै पाएको थिए। उनीहरुलाई उनीहरुको चरित्रसंग प्रस्न गर्ने चलन अझै उस्तै छ।  यहि सोचाई छ अझै पनि कि यसरि छोटो लुगा लगाउने, कपालमा रंग लगाउने, ट्याटु खोप्ने जो कोहिलाइ पनि समाजसंग झेल्न सजिलो छैन यहि अर्थमा कि, उनीहरु गलत चरित्रका हुन्छन भन्ने सोचाइ ले गर्दा अनि यो पनि सोचाइ छ कि जो येस्ता मानिसहरु अविकसित हुन्छन भन्ने ।  तर जब मैले यहाँ मेलबर्नमा मैले एस्तो खालको अवधारणालाइ बुझ्ने तरिका फरक पाए, तब मैले यो बुझें कि बिकासको एउटा मापदण्ड भित्र मानिसहरुले के कस्तो लगाउछ, कसरि हिड्छ भन्ने कुरा पर्दैन।  विकास भनेको त मानिसहरुको बुझाइ हो। यँहा मैले हरेक प्रकार का मानिस हरु भेटे, मेरो साथि हरु देखि लिएर मलाई पढाउने प्रोफेसर सम्म, केटा देखि केटि सम्म।  धेरै मानिसहरु जो येसरी छोटा कपडा लगाएर हिंडेको भेटे, ट्याटु हानेका केटा र केटि साथीहरु भेटे, कपाल रंगीबिरंगी बनाएर कक्षाकोठा मा पढाउन आउने शिक्षक पनि भेटे, अनि मैले कोइ पनि चरित्र खराब भएको देखिन, कसैले उनीहरुलाई प्रतिप्रस्न गरेको देखिन, सबैलाई समान रुपले हेरेको देखें, समानरुपले इज्जत गरेको देंखे। कुनै पनि अफिसमा काम गर्ने कर्मचारीलाइ यहाँ उनीहरुको कपडा लगाउने, कपाल रंग्याउने, ट्याटु खोप्ने कुरालाई लिएर नियुक्ति रोकेको देखिन मैले, यहाँ तेस्तो कुनै पनि प्रतिबन्ध छैन, तेसैले समान ब्यबहार छ सबैमाथि, छोटा कपडा लगाएकै कारण महिलाहरुले यहा कुनै पनि प्रकारको दुर्ब्यबहार भोग्नु पर्दैन।  

यी कुराहरु देखिरंहदा, मैले देखेको विकास भन्दा बुझेको विकास धेरै बिकसित छ भन्ने बुझें।  मानिसहरुको लगाउने, खाने, हिड्ने अनि कपाल रंग्याउने र ट्याटु खोप्ने कुराहरु लाइ उनीहरुको चरित्र संग दाजेर हेर्ने बुझाइ नै हाम्रो सम्मुन्नत बिकासको बाधा हो।  सम्मुनत विकास मानिसको बुझाइमा र ब्यबहारमा भर पर्छ भन्ने कुराको महत्वपुर्ण बुझाइ रह्यो मेरो लागि।  मानिसहरुको चरित्र उनीहरुको लगाउने, खाने, हिड्ने अनि कपाल रंग्याउने र ट्याटु खोप्ने कुरामा निहित रहदैन।  विकास मानिस को बुझाइ मा रहन्छ र सबैलाई समान दृस्टीकोंड ले हेर्ने कुरामा भर पर्छ।  यो कुराको बोध मेरो गाउँ अनि सहरले बुझ्न नितान्त जरुरि छ। 










Comments

Popular posts from this blog

Is Rambutan is potential for commercial production in Nepal?

अस्ट्रेलियामा बेसारलाइ कसरि दैनिक उपभोग तथा जडिबुटीजन्य औषधि को रुपमा प्रयोग गरिएको छ?

How can we shape our future agriculture in Nepal?