रुद्राक्ष ब्यबसायका चुनौती तथा भविष्यको परिप्रेक्ष्य

 
नेपालको पूर्वीय क्षेत्रहरु जस्तै संखुवासभा र भोजपुर जिल्लाहरुमा भर्खरै ब्यबसायाकै रुपमा खेति गरिन थालेको तर परापुर्व काल देखि नै धार्मिक मान्यताको रुपमा रहेको बहुबर्षीय रुख हो रुद्राक्ष। यो एउटा ठुलो र धेरै हाँगाबिङ्गा भएको, सेतो फुल फुल्ने र साना देखि ठुला सम्म गोलाकार देखि चेप्टा दानाहरु फल्ने एउटा रुख हो। परापुर्व समय  देखिनै यो रुद्राक्षको बोट र दाना को धार्मिक मान्यता रहिआएको छ।  


फोटो: रुद्राक्षको बोट, रुद्राक्षको फल र दाना, फोटोको श्रोत: OMG नेपाल र रुद्राक्ष रत्न 

पहिले पहिले रुद्राक्षको माला लाइ ध्यान गर्दा र शिव भगवानको मन्त्र जप गर्दा जप गन्नको लागि प्रयोग गरिन्थ्यो। अझै पनि धार्मिक क्षेत्रमा रुद्राक्षको मालाको त्यहि नै मान्यता रहिरहेको छ। शिव भगवानको अवतार को रुपमा लिएर रुद्राक्षको दानालाई पुजा गर्ने चलन पनि छ, त्यस्तै रुद्रखाको बोटलाइ काट्ने मास्ने गर्नु हुदैन तथा रुद्राक्षको दानालाइ फुटाउनु हुदैन भन्ने मान्यता पनि बिध्यमान नै छ।  रुद्राक्षको बिरुवा लगाउनु भनेको भगवान शिवको आशिर्बाद घरमा ल्याउनु हो भन्ने धारणा पनि रहिआएको छ। धेरै जसो, रुद्राक्षकोमाला धारण गरेपछि, माछा मासु नखाने तथा झुटो नबोल्ने पनि मान्यता रहिआएको छ, कतिपय समयमा मानिसहरु आफु साहाकारी भएको कुरा दर्साउनको लागि पनि रुद्राक्षको माला धारण गर्ने गरेको पाइन्छ।  तर आजभोलि धार्मिक मान्यता भन्दा फरक रहेर रुद्राक्षको ब्यबसायिक खेति गरिन थालेको छ।    

आजभोलि संखुवासभा, भोजपुर तथा यी जिल्लाहरुसंग सिमाना जोडिएका जिल्लाहरुमा रुद्राक्षको राम्रै आर्थिक ब्यबसाय हुन थालेको छ। रुद्राक्षको दानाहरु मुख्य:त बाजारको लागि बिक्रि योग्य उत्पादन हो। रुद्राक्षको दानाहरु साना देखि ठुला, गोलाकार देखि चेप्टा हुन्छन अनि मुख्य रुपमा येसको दानामा धेरै मुखहरु रहेका हुन्छन। 

फोटो: रुद्राक्षको ७ मुखे दाना र रुद्राक्षको दानाको माला, फोटोको श्रोत: AMAZON

व्यापारिक दृस्टीकोंड बाट हेर्दा रुद्राक्षको बजारभाउ मापन अन्य उत्पादन भन्दा फरक रहेको छ। रुद्राक्षको दानाहरुमा एसको मुखको नम्बर, दानाको आकार, दानाको प्रकार र तौलको आधारमा बाजार भाउ मापन हुने गरेको छ। थोरै समयमा पनि धेरै लाभ लिन सकिने भएकोले आजभोलि रुद्राक्षको खेति तर्फ मानिसहरुको आकर्षण बढ्दो छ। यधपी रुद्राक्षबाट छिटै, सजिलै र धेरै आर्थिक लाभ लिन सकिने भए पनि, मेरो विचारमा, दिगो ब्यबसायिक योजना नहुने हो भने रुद्राक्ष ब्यबसायमा भोलिको दिनमा धेरै चुनौतीहरु आउन सक्छन र यी चुनौती हरुको धेरै सामना गर्नु पर्ने हुन सक्छ।  दिगोरुपमा रुद्राक्षलाइ आर्थिक ब्यबसायको रुपमा लिने हो भने, किसान हरुले केहि कुराहरुमा ध्यान दिनु जरुरि छ। 

#बजारको मुल्यांकन 
अहिले रुद्राक्षको ब्यापार कुनै पनि अनुसन्धान बिनानै दलाली हरु मार्फत कहिले चिन त कहिले भारत तिर हुने गरेको छ। मुख्य रुपमा पूर्वी पहाडी जिल्लाहरुको रुद्राक्ष चिन तर्फ बिक्रि हुने अनुमान लगाउन सकिन्छ, किनकि, रुद्राक्षको उत्पादन लिने बेलामा  गाउँ गाउँ रुद्राक्षको खोजीमा हिड्ने चिनिया मानिसहरु छ्याप छ्याप्ती पाइने गरेको छ। उत्तर तर्फ रहेको चिनको बोर्डर र रुद्राक्षको खोजीमा हिड्ने चिनिया नागरिक हरुलाई देख्दा यो भन्न सकिन्छ कि चिन मा रुद्राक्षको राम्रै माग रहेको छ।  तर रुद्राक्ष किन र कसरि बिक्रि भैरहेको छ भन्ने कुराको हेक्का किसानहरुलाई छैन। राम्रो मूल्य पाउने कारणले गर्दा कोइ कसैलाई पनि यी रुद्राक्ष के कारण ले बिक्रि भैरहेको छ भनेर बुझ्न जरुरि ठानिरहेका छैनन् किसान हरुले। बाजार मा रुद्राक्षको ब्यप्परिक महत्व नबुझी तेसै अनुमानको भरमा ब्यापार गरिने भएको कारण कतै हाम्रा महत्वपुर्ण जैविक बिबिधता हामीले बेचिरहेका त छैनौं भन्ने प्रस्न मेरो मनमा आएको छ।  

भासा र भिसा दुबैको असजिलोका कारण चिनिया हरुसंग हाम्रो बोलीचाली र आवतजावत निक्कै कम हुन जान्छ।   यसकारण पनि हामीहरु लाइ, चिनियाहरुले के कारण ले रुद्राक्ष खरिद गरिरहेका छन् भन्ने हामीलाई राम्रो संग थाहा हुन पाएको छैन , तेइ पनि कुनै कारण नबुझी किसान हरु रुद्राक्ष बेच्न लालायित नै छन्। स्थानीय तथा राष्ट्रिय रुपमा पनि रुद्राक्षको ब्यापार ब्यबसायलाइ लिएर कुनै ठोस अनुसन्धान र मापदण्ड बनिसकेका छैनन।  धार्मिक क्षेत्र लाइ छोडेर रुद्राक्षको अन्य महत्वहरु जस्तै आयुर्वेधा, चिकित्सा र गहनाजन्य महत्वका बारेमा कुनै अनुसन्धान भएको पाइदैन। कुनै पनि अनुसन्धान बिना नै जथाभाबी हाम्रा महत्वपुर जैविक बिबिधता तथा  धार्मिक अनुष्ठानका महत्वपुर्ण बिरुवाहरु हामीले पैसाको लोभमा मासिरहेका त छैनौ , आफैमा एउटा गहकिलो प्रस्न हो? 

अर्को तर्फबाट हेर्ने हो भने कुनै पनि सामानको बजारिकिकरण कुनै पनि एक समय सम्म सिखरमा पुग्दछ भने बिस्तारै त्यो सामानको महत्व घट्दै गएर बाजार संत्रिप्त अवस्थामा आउछ।  बजारमा खाधान्न र औषधि भन्दा बाहेकका सामान हरुमा एकपटक अत्याधिक बढी माग हुन पुग्दछ भने बिस्तारै त्यो माग पूर्ति हुदै गएर, बजार एक दिन संत्रिप्त हुन पुग्छ।  बजार संत्रिप्त हुनुको अर्थ अब त्यहाँ माग बढ्ने वाला छैन र माग पूर्ति भइसकेको हुन्छ।  रुद्राक्ष कै कुरा गर्ने हो भने , बिगत वर्षहरुमा मैले देखेको रुद्राक्षको बजार ऐले २-४ बर्षमै साँघुरो भैसकेको छ। २-४ वर्ष पहिले रुद्राक्षको माग जति धेरै थियो, त्यो भन्दा कैयौं गुना ह्रासः आइसकेको छ।  आज भोलिको रुद्राक्षको बजार धेरै भन्दा धेरै रुद्राक्षको भौतिक गुणस्तर जस्तै आकार प्रकार र तौल संग सम्बन्धित भैसकेको छ। यसरि बजार विश्लेषण गर्दा  केहि बर्षयता रुद्राक्षको बजार धेरै साँघुरो भएको र  गुणस्तरमा धेरै प्रतिस्पर्धी भएको देख्दा  भोलिको लागि रुद्राक्षको बजार के भन्ने गम्भीर प्रस्न उठ्छ।  

तेस्रो कोण बाट हेर्दा चिन धेरै नै बिकसित मुलुक हो जसले बिस्व बजारको आधा भन्दा बढी हिस्सा ओगटेको छ।  ब्यापार, ब्यबसाय, प्राविधिक स्रोत साधन, अनुसन्धान, सैक्षिक अनुसन्धान र काम अनि श्रमिक हरुको अत्याधिक उपलब्धता भएको हुनाले चिनले नेपालका पूर्वी पहाडमा फल्ने यी रुद्राक्षहरुको खेतिको प्रयास र अनुसन्धान गरेको हुन सक्छ।  नेपालको जस्तै हावा पानि भएका पहाड र यो रुद्राक्ष फल्ने जस्तै वातावरण भएका ठाउँ चीनमा धेरै भएको ले चीनमा पनि हाम्रो जस्तो रुद्राक्षको सफल खेति हुन सक्छ। चिन नै हाम्रो रुद्राक्षको पहिलो गतिलो बजार भएको कारण र हामीलाई किन चिनियाहरुले रुद्राक्षको माग गरिरहेका छन् भन्ने कुराको अनविज्ञताले गर्दा, हामि हरुले यो पक्षबाट रुद्राक्षको बजारको मुल्यांकन गरिरहेका छैनम।  यदि चीनमामा नै सफल रुपमा रुद्राक्षको उत्पादन हुन थाल्यो भने, भोलिको दिनमा हाम्रो रुद्राक्षको ब्यबसाय कता जाला? यो सम्भब पनि छ, किनकी, नेपालका पश्चिम पहाडमा पाइने यार्सागुम्बा पनि पहिले चीनमा अत्याधिक माग थियो, तर पछि चिनले आफ्नै देसमा रेसमकिराको लार्भामा यार्सागुम्बाको ढुसी उमारेर कृतिम यार्सागुम्बा बनाउन सफल भएको थियो।  यो कृतिम यार्सागुम्बा को उत्पान पछि चिनले नेपालको यार्सागुम्बाको आयात ह्वात्तै घटायो।  अहिले यार्सागुम्बा को मूल्य र निर्यात दुवै घटेको छ र यार्सागुम्बाको भोलिको ब्यबसाय अनिश्चित छ।  यसै गरि भोलिको दिनमा हाम्रो रुद्राक्षको ब्यापार पनि येस्तै नहोला भन्न सकिन्न। 

#व्यापारिक मापदण्डको बिकास 
 
रुद्राक्षको उत्पादन हुने जिल्ला तथा ठाउँहरुमा ब्यबसायिक संघको स्थापना भएको देख्न भने पाइन्छ तर यी ब्यबसायिक संघहरुले व्यापारिक मापदण्डको बिकासको लागि काम गरेको भने पाइदैन। मुख्य: त मेरो बुझाइ र अनुभबमा यी ब्यबसायिक संघ हरु दलालीको समूह हो जसले किसानहरुको रुद्राक्ष किन्ने र बेच्ने मात्र काम गर्छन। यी ब्यबसायिक संघहरुले रुद्राक्षको विभिन्न प्रकारको महत्वको बारेमा अध्ययन र अनुसन्धान गर्ने कामको लागि कुनै पनि सम्बन्धित निकायसंग समन्वय गरेको पाइदैन। रुद्राक्षको महत्व बुझेर यसको निर्यात चिन र भारत छोडेर विस्वका अरु देसमा पनि सम्भावनाको खोजि गरेको पाइदैन।  व्यापारको लागि चाहिने पहिलो कुरा, गुणस्तर उत्पादन र मूल्य निर्धारणको लागि कुनै पनि काम संगठित भएको पाइदैन।  

किसानहरु ले उत्पादन त गर्छन तर आफ्नो उत्पादन को मूल्य निर्धारण किसानलाइ गर्ने अधिकार यो ब्यबसायिक संघले दिएको छैन। आफ्नो उत्पादनको मूल्य निर्धारण यी नै दलाली ब्यबसायिक संघहरुले गरिरहेका छन्। रुद्राक्षको  माग चिनियाहरुको अनि मूल्य पनि उनीहरुकै,  चिनियाको मूल्य पश्चात बाँकी मूल्य यिनै ब्यबसायिक संघहरुको। अनि खोइ त हाम्रो उत्पादन को मूल्य हामीले नै निर्धारण गर्न पाउने मापदण्डको लागि यी ब्यबसायिक संघहरुले पहल गरेको? एस्तो लाग्छ किसानहरु चिनिया मागपुर्तिको लागि आफ्नै बहुमुल्य सम्पति बेचेर उनीहरुकै लागि काम गरिरहेका छन् अनि आफ्नो भोलिको भबिस्य अनिश्चित पारिरहेका छन्।  जो मानिसलाइ सामान चाहिन्छ उसले त बजारमा गएर उत्पादकको मूल्यमा समान किन्ने हो नि, तर यहाँ क भैरहेको छ भने जसले सामन किन्न खोजिरहेको छ उसकै माग र मूल्य निर्धारणमा किसानले आफ्नो उत्पादन बेचिरहेका छन्, उसोभए खोइ त आफ्नो उत्पादनमा आफ्नो नियन्त्रण? यहाँ त क्रेता र बिचमा खेल्ने दलाल हरुको सिन्डिकेट चलिरहेको छ।  के यो हिसाबमा दिगो रुपमा रुद्राक्षको ब्यबसाय सफल होला त?
 
खोइ त व्यापारिक मापदण्ड ?
किसानले आफ्नो उत्पादन को मूल्य निर्धारण गर्ने मापदण्ड खोइ? आफ्नो उत्पादनको ब्राण्डिङ्ग गर्ने  र गुणस्तर मापन गर्ने मापदण्ड खोइ? कुनै पनि अनुसन्धान तथा कृतिम उत्पादन ( मुख्य जसो चिन मा) गर्न नपाउने गरि क्रेतासंगको सम्झौता को मापदण्ड खोइ? भोलिको दिनमा रुद्राक्षहरु बिस्वको अरु कुनै देशरुले नेपालको रुद्राक्ष भन्दा थोरै मूल्यमा उपलब्ध गारएको खण्डमा हाम्रो ब्यापार के हुने त, आफ्नो सामन को ब्राण्डिङ्गको मापदण्ड खोइ? यदि हामीले हाम्रो बहुमुल्य सामान लाइ यसरि नै कुनै पनि मापदण्ड बिना नै खुल्ला रुपमा कुनै सम्झौता नगरी क्रेताको माग अनुसार बेचिरहने हो भने भोलिको दिनमा हाम्रो आफ्नै उत्पादनमा हाम्रो नियन्त्रण रहँदैन।  भोलि हाम्रा गौरबमय उत्पादनहरु अरु ले नै नक्कल गरेर नक्कली उत्पादन गर्न सक्छ र हाम्रो आफ्नो सक्कली उत्पादन को न महत्व रहन्छ न त कुनै मूल्य नै।  याँहा रुद्राक्षको ब्यापार संग लिएर एउटा गतिलो मापदण्ड बन्नु जरुरि छ, अन्यथा हाम्रा बहुमुल्य उत्पादन हाम्रै आँखा अगाडी लोप हुने मात्र होइन हाम्रा उत्पादनमा अरुहरुकै बढी नियन्त्रण रहन सक्छ जुन धेरै घातक हुन जान्छ।     

के रुद्राक्ष उत्पादक किसानहरुकोलागि रुद्राक्ष ब्यबसाय भोलिको दिनमा दिगो रहला? के रुद्राक्ष सफल ब्यबसाय बन्न सक्ला? 
रुद्राक्षको आर्थिक महत्व धेरै हुँदा हुँदै पनि रुद्राक्षको खेति संग संबन्धित अनुसन्धान र अध्ययन किन हुन सकिरहेका छैनन् ? के यसले रुद्राक्ष उत्पादकहरुको भबिस्य सुनिस्चित गर्ला त? अंह, दिगो ब्यबसायको बिकासको लागि रुद्राक्षसंग सम्बन्धित सम्पूर्ण अनुसन्धान र अध्ययन हुनु जरुरि छ र व्यापारिक मापदण्ड बन्नु नितान्त जरुरि छ। जब सम्म हामीले रुद्राक्षको महत्व बुझ्न प्रयास गर्दैनौ र, रुद्राक्षलाइ एउटा ब्रान्डको रुपमा स्थापित गर्न सक्दैनौ तब सम्म हामि अरुकै कठपुतली भएर रहिरहनु पर्ने बाध्यता हुन पुग्छ।  

Comments

Popular posts from this blog

Is Rambutan is potential for commercial production in Nepal?

अस्ट्रेलियामा बेसारलाइ कसरि दैनिक उपभोग तथा जडिबुटीजन्य औषधि को रुपमा प्रयोग गरिएको छ?

How can we shape our future agriculture in Nepal?