अस्ट्रेलियामा बेसारलाइ कसरि दैनिक उपभोग तथा जडिबुटीजन्य औषधि को रुपमा प्रयोग गरिएको छ?


नेपालमा सम्माननीय प्रधानमन्त्रीको भनाइलाइ लिएर धेरै जनाले आ-आफ्नै तरिकाले बेसार लाइ विश्लेषण गर्नु भयो। उक्त भनाइ पछि चारै तिर बेसारका बारेमा खोज तलास हुन थाल्यो भने यसको उपयोगिताका बारेमा खोजि नीति पनि हुन थाल्यो। जे होस्  बहुउपयोगी बिरुवा बेसारले पनि आफ्नो महत्वको पहिचान पाउने अवसर पायो।  म अस्ट्रेलियामै रहेको ३ वर्ष बितिसक्दा पनि मैले पहिले कहिले पनि अस्ट्रेलियामा  बेसारको प्रयोग भएको छ कि छैन भनेर बुझ्न खोजेको थिइन।  तर अचानक एक दिन एउटा क्याफेमा मैले गोल्डेन लाटे (सुनालो कफी) मेनुमा देखें, त्यसपछि भने मलाई उत्सुकता भयो कि यो गोल्डेन लाटेमा सुनौलो रंग कसरि आउँछ? गोल्डेन लाटे भनेको बेसार वाला दुध जस्तै नै हुने रहेछ। स्किम्ड दुधमा कफी को सट्टामा बेसारको धुलो प्रयोग गरेर बनाइने रहेछ।  जब मैले थाहा पाएँ कि यो सुनौलो रंग बेसारले आउँछ, मलाइ यती उत्सुकता भयो कि के अस्ट्रेलियामा पनि बेसार प्रयोग हुन्छ? किनकि मेरो अनुभबमा अस्ट्रेलियन खानाहरुमा कहिले पनि बेसार प्रयोग गरेको देखेको थिइन, अनि जब मैले बेसार प्रयोग गरेर कफी बनाएको देखें, मलाइ धेरै नै कौतुहलता जाग्यो।  प्रायजसो बेसार दक्षिण एसियामा दैनिकरुपमा धेरै प्रयोगमा आएको तर पश्चिममा देसहरुमा यसको प्रयोग भएको धेरै नहुने मेरो बुहाई थियो, तेसैले कफिमा बेसारको प्रयोगले मेरो ध्यान खिच्यो।  

म सम्झिन्छु, त्यो दुइ वर्ष अगाडी थियो, मैले युनिभर्सिटीमा बिहानको खानाको लागि भात र तरकारी लागेको थिएँ अनि मैले मेरो एउटा अस्ट्रेलियन साथीलाई खानाको अफर गर्दा पंहेलो तरकारी देखेर म रंग मिसिएको खाना खाँदिन भनेर खान नमानेको याद आयो। यसको अर्थ के भन्दा, याँहा अस्ट्रेलियामा बेसार  राखेर खाना बनाउने चलन थिएन तेइ भएर धेरै मेरा साथीहरुलाई बेसार भनेको एउटा अखाध्य रंग हो भन्ने लाग्थ्यो। गोल्डेन लाटे थाहा पाएपछि मलाइ पनि अस्ट्रेलियामा बेसारलाइ के कसरि प्रयोग गरिँदो रहेछ त भनेर अध्ययन गर्न मन लग्यो।  

फोटो: सुनौलो कफी (गोल्डेन लाटे), श्रोत: इन्टरनेट सर्च 

बेसार एउटा बहुबर्षीय र बहुउपयोगी बिरुवा हो जुन अदुवाबाली अन्तर्गत पर्दछ।  अदुवाको जस्तै गरेर बेसारको पनि खानयोग्य भाग भनेको एसको राइजोम हो। बेसार्लाई दक्षिण एसिया, मुख्य: त भारत बाट उत्पति भएको भन्ने मानिन्छ। बेसारको राइजोम काँचो अवस्थामा पनि विभिन्न तरिकाले प्रयोग गरिन्छा भने राइजोम लाइ सुकाएर त्यसलाई पिसेर बनाइएको धुलो मुख्य रुपमा उपगोग गरिन्छ। धुलो बेसार हल्का पंहेलो देखि गाढा सुन्तले रंग सम्मको हुन्छ। 


फोटो : बेसार को बोट, गाना/राइजोम अनि बेसारको धुलो , श्रोत: इन्टरनेट सर्च 
 

  धेरै जसो बेसारलाइ दक्षिण एसियामा तरकारीमा पंहेलो रंग निकाल्न तथा अन्य तरिकाले जडिबुटीको रुपमा पनि उपयोग गरिन्छ। परापुर्वकाल देखि नै यसको औसधिजन्य महत्व बुझेर हाम्रा पुर्वाझारुले यसको उपयोग गरेको हुन सक्छ ।

पूर्वीय संस्कार भन्दा फरक संस्कारमा बेसारले धेरैपछि नै पहिचान पाएको हो।  भारत, नेपाल, श्रीलंका जस्ता देसहरु बाट मानिसहरु यता आउने क्रममा यहाँ अनि आफ्नै चल्न अनुसार तरकारीमा बेसार हाल्ने चल्नले गर्दा धेरै पछि पश्चिमा देसहरुले पनि बेसारको पहिचान गरेका हुन सक्छन।  हाम्रो भन्दा पछि पहिचान भए पनि, यी देशरुले बेसारलाइ बहुउद्देश्यीय प्रयोउग मा ल्याइसकेका छन।

अस्ट्रेलियाले पनि बेसारलाइ जडिबुटी र औसधिकै रुपमा प्रयोग गर्ने गरेको पाइयो। अस्ट्रेलियाको उत्तरी क्षेत्रतिर बेसारको खेति हुने रहेछ जहाँबाट अस्ट्रेलियाभरि बजारमा बेसार उपलब्ध गारैने रहेछ। अस्ट्रेलियामा बेसार लाइ खानेकुरामा पंहेलो रंग निकाल्न भन्दा पनि औसधिको लागि प्रयोग गरिने रहेछ।  मुख्य : त बेसारलाइ सरिरको सुन्निएको भागको उपचार गर्न, मुटुलाई स्वस्थ्य राख्न , मानसिक रुपमा स्वस्थ्य राख्न र कलेजो लाइ स्वस्थ्य राख्नको लागि प्रयोग गरिने रहेछ।  काँचो बेसारलाइ टोनिकको रुपमा प्रयोग गर्ने र चियाको रुपमा पिउने पनि चलन रहेछ।  बेसारबाट बनेका सप्लिमेन्ट (पुरक) हरु यहाँका  औसधि पसलमा सजिलै पाइने रहेछ। 

अस्ट्रेलियामा बेसार यसरि उपलब्ध छ 

@बेसारको गाना/राइजोम 
@बेसारको धुलो
@बेसारको झोल
@बेसारबाट बनेका औसधि हरु
@बेसार बाट बनेका खाध पुरक हरु
@गोल्डेन लाटे फर्मुलेसन 
@बेसार बाट बनेको टोनिक पानि 



फोटो: अस्ट्रेलियामा उपलब्ध बेसार बाट बनेका खाध तत्वहरु , श्रोत : इन्टरनेट सर्च 

अस्ट्रेलियामा बेसारको उपयोग यसरि गरिन्छ 

*औषधिको रुपमा 

मुटु कहिलेकाँही सुनिएर दरो हुन जान्छ, एस्तो बेलामा मुटुका माम्सपेसीहरुले धेरै मात्रामा कोलाजन बनाउछन र मुटुलाई काम गर्न अफ़्टेरो बनाउछन, एस्तो अवस्थामा बेसारको सेवन वा बेसार बाट बनेका औसधि तथा खाध पुरकको सेवन गर्ने प्रचलन छ।  

बुढेसकालमा अमाइलोड भन्ने प्रोटिन बन्छ र हाम्रो दिमागमा यसले स्नायु कोषहरुको बिचमा सम्बन्ध टुटाईदिन्छ, फलस्वरूप मानिसहरु छिटै कुराहरु बिर्सिन थाल्दछ। यो अमाइलोड प्रोटिनको संचय रोक्नको लागि पनि बेसार को सेवन र बेसारबाट बनेका औसधिको सेवनलाइ यहाँ प्रोत्साहन गरिन्छ। 

बाथ रोग तथा हाडजोर्नी समस्यामा हात खुटाका जोर्नीहरू दुख्ने तथा सुन्निने हुन्छ। यस्तो अवस्थामा सुन्निएको भाग निको बनाउनलाई पनि बेसार को सेवन र बेसारबाट बनेका औसधिको सेवनलाइ यहाँ प्रयोग गरिन्छ। 


हामीले दैनिक उपभोग गरेका खानेकुराबाट निस्किएको बिसाक्त तत्व कलेजोमा गएर बस्ने गर्दछ। तेइ भएर यो बिसाक्त तत्वलाई कम गर्न र कोलेस्टेरोल घटाउन को लागि पनि बेसारको प्रयोग गरेको पाइन्छ।  


हामीले दैनिक प्रयोग गरिरहेको बेसारको यति धेरै गुणहरु छन् भनेर हामिहरुली सायदै सोचेका थियौं होला। हामीले हाम्रो खानामा बेसार सायद रंगको लागि मात्रै मिसाइरहेका थियौं होला तर हामीले दैनिक रुपमा बेसार को प्रयोगले कति धेरै फ़ाइदाजनक औसधिको प्रयोग गरिरहेका रहेछौँ हामीलाई हेक्का नै थिएन। पूर्वीय संस्कृतिमा एती धेरै प्रयोग गरिएको बेसार, पश्चिमा संस्कृतिमा पनि आजभोली धेरै प्रयोगमा आइसकेको छ।
  
*सप्लिमेन्टको रुपमा 

मुटुरोग, कलेजो रोग, घाउ आदिमा रोगाणु नाश गर्ने, बुढेसकालमा गएर मानसिक स्थिति बिग्रिएर बिर्सिने रोग र घाउ हरु सुन्निएको रोगको उपचारमा बेसारले ठुलो भूमिका खेलेको रहेछ अस्ट्रेलियामा। दैनिक रुपमा चाहिने औसधिजन्य खाध्य पुरकहरुको लागि भनेर गोल्डेन लाटेको उपभोग हुन थालेको रहेछ।  बिहानै अन्य कफीको सट्टामा बेसारको टोनिक चिया अथवा गोल्डेन लाटे खाने बानीले मुटु, कलेजो तथा हाडजोर्नीको समस्या ठिकहुने भएकोले, आजभोलि बेसारको टोनिक चिया र गोल्डेन लाटे धेरै पुभोग हुन थालेको पाएँ मैले।  

महत्वपुर्ण रुपमा  अस्ट्रेलियाले अहिले दैनिक खाइने खानामा बेसारको प्रयोग बढाउन प्रोत्साहन गरेको पनि पाइयो। केमिस्ट, औसधि पसल तथा सुपर मार्केट हरुमा पनि बेसारका विभिन्न प्रकारका फर्मूलेशनहरु जस्तै  Nutra-Life Bio-Curcumin  उपलब्ध गराएर यहाँ बेसारको उपयोगिता र महत्वलाइ प्रोत्साहन गरेको पाइयो। ।


हामीहरुले महत्व नबुझी  नबुझी दैनिक रुपमा प्रयोग गरिरहेको बेसारलाइ अस्ट्रेलियाले औसधि, सप्लिमेन्ट, टोनिक, चिया र कफी कै रुपमा बिकास गरिसकेको रहेछ। अहिलेको समयमा हाडजोर्नी समस्या निदानको लागि बेसारको प्रयोग र यसबाट औसधि बनाउन यहाँका बैज्ञानिकहरु लागिपरिरकेका रहेछन। हाम्रो देसमा अझै पनि हामिले आफ्नो बारीको बेसारलाइ बहुउद्देश्यीय बनाउन नसकेको, बेसारको प्रयोग बाट सरल र कम खर्चमा विभिन्न रोगको उपचार गर्न सकिने पद्धति बिकास गर्न नसकेको देख्दा, अबको कृषि बिकास र अनुसन्धानले बेसारको ध्यान तान्न सकेमा हामि संगपनि भोलिका दिनमा सरल अनि सस्थ्य मानव जीवनको विकास हुने थियो कि ? 


  

Comments

Post a Comment

Popular posts from this blog

Is Rambutan is potential for commercial production in Nepal?

How can we shape our future agriculture in Nepal?