नेपालले अस्ट्रेलियाको कृषि 🌾 प्रणालीबाट सिक्नुपर्ने कुराहरु
अस्ट्रेलिया बिकसित र उद्योगमुखी एउटा रास्ट्र हो, जहाँ हरेक क्षेत्रलाइ ब्यापार ब्यबसायको लागि प्रोत्साहन गरिएको छ। अन्य व्यापारिक तथा ब्यबसायिक क्षेत्रहरु जस्तै कृषि पनि यहाँको लागि एउटा व्यापारिक तथा ब्यबसायिक क्षेत्र हो। अस्ट्रेलियाको भूभागको जम्मा झन्नै ५०% भूभाग मात्रै खेति योग्य छ संगसंगै यँहा सुख्खा धेरै हुन्छ। धेरै सुख्खा भूभाग हुनु, पानि कम पर्नु र अस्ट्रेलिया भित्र पनि धेरै मात्रामा मौसम मौसम परिवर्तनशील भैरहनु कृषिको लागि अनुकूल छैन। यधपी थोरै खेतीयोग जमिन को उपयोग गरेर र प्रतिकुल मौसम संग लडेर अस्ट्रेलिया कृषि उत्पादनमा आत्म निर्भर मात्र नभई निर्यात पनि गर्ने गर्छ। अस्ट्रेलियाको जम्मा २-३% मानिसहरु मात्र खेतीमा आवद्ध छन् तर पनि यी थोरै किसानहरुले मात्रै पनि देश को झन्नै १२% कुल ग्राह्यस्थ उत्पादन मा सहयोग पुर्याउछन।
प्रतिकुल मौसम, सुख्खा भूभाग, धेरै सुख्खा मौसम र सिंचाईको लागि प्राकृतिक जलभण्डार को अभाब हुँदा हुँदै र थोरै मात्र खेति योग्य जमिन हुँदा हुँदै पनि अस्ट्रेलियाले कृषि उत्पादन र आम्दानिको ७०% भाग निर्यात गर्ने गर्दछ भने जम्मा ४% खाद्यान्न मात्र आयात हुन्छ।
येता नेपालमा लगभग २८-३०% नेपालको भूभाग खेतीयोग्य छ, जँहा ६०-७० % किसानहरु कृषिमा आबद्ध छन्। देशको कुल ग्राह्यस्थ उत्पादन मा ५३-५४% सहयोग गर्ने कृषि क्षेत्रको बिकाश भने अझै पनि सुधार उन्मुख मात्रै छ। नेपालमा धेरै भन्दा धेरै मानिसहरु कृषिमा आबद्ध हुँदा पनि, धेरै भन्दा धेरै प्राकृतिक श्रोत साधन उपलब्ध हुँदा पनि, तराइमा सिंचाईको लागि सहज हुँदा पनि अझै नेपालले धेरै मात्रामा कृषि उपज र खाद्यान्न निर्यात गरिरहनुपरेको छ। तर थोरै क्षेत्रफल र थोरै किसान हरुले मात्र धानेको कृषि ब्यबसायले अस्ट्रेलियामा सफलता पाइरहेको छ। हाम्रो देशमा धेरै मानिसहरु कृषिमा आबद्ध भए पनि कृषिले सन्तोषजनक फड्को समेत मार्न सकेको छैन। कसरि अस्ट्रेलियाले कृषिमा यसरि सफलता पाइरहेको छ त? तेसो भए अस्ट्रेलियाको कृषि सफलताबाट हामीले केहि सिक्न सक्छौं त?
अस्ट्रेलियाको कृषिको सफलता बाट हामीले सिक्ने धेरै पक्षहरु छन्, जुन हाम्रो देशको कृषिलाइ सफल बनाउनको लागि धेरै सहयोग पुग्दछ।
फोटो : ब्यबसायिक मसुरो दालको खेति, श्रोत: पल्स अस्ट्रेलिया (बाँयाँ ) र नेपालको धान खेति, श्रोत: नागरिक नेटवर्क (दांयाँ)
१. कृषिको व्यवसायीकरण 🚜
अस्ट्रेलियाले कृषिलाई निर्भरमुखी नबनाएर ब्यबसयमुखी बनाएको छ। एउटा सफल ब्यबसाय र उद्योगको रुपमा बिकाश गरेको भएर कृषिले अरु उद्योगहरुले पाउने जस्तै भौतिक र आर्थिक सहयोग पाउने गर्छ। ठुलो क्षेत्रमा ब्यबसाय गर्नु पर्ने, ब्यापार मुखी हुनु पर्ने र उद्यममा फर्म दर्ता गराएर मात्र कृषि ब्यबसाय गर्नु पर्ने प्रावधान भएकोले कृषि सर्वप्रथम त कृषि उद्यम भन्दा बाहिर जान पाउदैन। मशीनीकरण र औद्योगीकरण संग संगै एउटा उचित व्यवसायको रुपमा नै लागत खर्च, नाफा र घाटाको हिसाबकिताब गर्नु पर्ने भएको ले कृषि ब्यबसाय सुरुवाती क्षण देखिनै धेरै पूर्ण रुपमा ब्यापारको रुपमा जान्छ। जसले गर्दा पूर्ण रुपमा व्यपार, ब्यबसायमा चासो हुनेहरु र ब्यापार ब्यबसायमा राम्रो प्रस्तुति दिन सक्ने हरु मात्र कृषिमा आबद्ध हुन्छन जसले गर्दा कृषि सफल ब्यबसाय बन्न पुग्छ। बिशाल क्षेत्रफलमा खेति गरिने हुँदा र बिशाल उत्पादनमुखी ब्यबसाय हुने भएकोले प्रति इकाई उत्पादन लागत खर्च कम हुन पुग्छ भने उत्पादन पनि धेरै हुन्छ। तेसैले देशलाई चाहिने उत्पादन एउटै फर्मबाट उत्पादन हुन सक्छ। उत्पादन धेरै भएपछी आयात कम र निर्यात धेरै हुन जान्छ।
अर्को तिर ब्यबसायामुखी कृषिले रोजगार अवसर पनि प्रदान गर्छ। धेरै भन्दा धेरै बेरोजगार व्यक्तिहरुको लागि एउटा राम्रो रोजगार अवसर हुन पुग्छ कृषि ब्यबसाय , तसर्थ जसले गर्दा बेरोजगारी ब्यबस्थापन गर्न सरकारलाई पनि सहयोग पुग्छ।
यसै गरि नेपालमा पनि कृषि व्यवसायीकरण गर्न प्रसस्त अवसर भएको हुनाले अस्ट्रेलियाको कृषि व्यवसायीकरणबाट नेपालले पनि केहि सिक्न जरुरि छ।
२ मौसम र स्थान अनुकुल खेति प्रणाली 🐄 🍇
अस्ट्रेलिया धेरै सुख्खा ठाउँ भएकोले धेरै भूभागमा सिंचाईको ब्यबस्था गर्न सकिंदैन भने एस्तो सुख्खा ठाउँमा बिरुवाहरुको खेति गर्न सकिंदै। कुनै ठाउँहरु संधैभरी गर्मि र सुख्खा, कुनै धेरै चिसो हुने भएको ले सबै क्षेत्रमा एकै तरिकाले खेति गर्न सम्भब छैन। तसर्थ अस्ट्रेलियाले ठाउँ र मौसम अनुकुलित खेति प्रणालीको बिकाश गरेको छ। डांडाहरुमा र सुख्खा ठाउँहरु तिर गाइबस्तु र भेडा हरुको ब्यबसाय गर्ने र सिंचाइको सहज भएको ठाउँहरुमा अन्य खेति गर्ने, मौसम मिल्ने र आर्द्रता मिल्ने ठाउंहरुमा अंगुरको खेति गर्ने गरिन्छ। यसरि विभिन्न विशेष ठाउँ हरु लाइ बिशेष उपयुक्त अनि सुहाउँदो खेतीकोलागि बिकाश गरेर सबै तरिकाको भूभागलाइ उपयोग गरिएको छ। यसरि ठाउँ र मौसम बिशेस खेति प्रणालीले गर्दा सबै तिरको भूभागहरु र सबै खालको आन्तरिक मौसम उपयोग हुन पुग्छ र कृषिको सहज र चौतर्फी बिकाश हुन्छ।
नेपालमा पनि विभिन्न भूभाग हरु र विभिन्न मौसम हरुको बिबिधता भएको कारणले गर्दा अस्ट्रेलियाले गरेको क्षेत्रीय कृषि बिकास अनुसरण गर्यो भने नेपालको सबै तहको मौसम बिबिधता र भूगोलको उपयोग पनि हुन्छ भने सबै क्षेत्रका मानिस हरुलाई कृषिमा आबद्ध बनाउन सकिन्छ। नेपालमा पनि पहाडहरुलालाई गाइबस्तु, खसी बाख्रा र भेडापालन त टरेको भूभाग लाइ चाहिं अन्नबाली, तरकारीबाली र फलफुल बालीको रुपमा बिकशित गर्न सकिन्छ।
३ सहभागिता मुलक र समस्या समाधान मुखी अनुसन्धान र कृषि बिकास 📖
अस्ट्रेलियामा किसानहरुले आफ्नो फसल बेच्ने बेलामा सरकारलाइ लेबी दिने प्रावधान छ। मुख्य रुपमा भिक्टोरिया प्रान्तमा यो चलन छ। यो लेबी चाहिं सरकारको कृषि अनुसन्धानमा एउटा मुख्य बजेट योगदानकर्ताको रुपमा रहन्छ। किसानहरुले पनि लेबी मार्फत कृषि अनुसन्धानमा योगदान गर्दछन भने उनीहरुले योगदान गरेको रकमको प्रयोग उनीहरुको खेतिमा आएको समस्या समाधान गर्नको लागि अनुसन्धान र अध्ययनमा खर्च हुन्छ जसले गर्दा किसानहरुको पनि समस्या समाधान हुन्छ। दुवै तर्फबाट जिम्मेवारी बहन हुन जान्छ जसले गर्दा सरकार पनि किसानको समस्याको समाधानमा गम्भीर रुपमा प्रस्तुत हुन्छ भने किसानहरुले पनि आफुले तिरेको लेबीको उपयोग गर्नको लागि आफ्नो खेतिबालिको मुख्य समस्या सरकार समक्ष्य पुर्याइरहेका हुन्छन।
नेपालमा येस्तै खालको बिकाश हुन सके कृषि अनुसन्धानमा केहि हद सम्म सहयोह मिल्न सक्छ। किसानको सहभागितामा किसानकै समस्या समाधानमा हुने कृषि अनुसन्धान र अध्ययन गर्ने येस्तै खालको प्रणालीको बिकाश गर्न सके नेपालको कृषि पनि धेरै सुधार हुन सक्छ।
नेपालले पनि आफ्नो क्षमताअनुसार अन्य देशहरुले गरेको सफल कृषि कार्यको अनुसरण गर्न सक्ने , प्राकृतिक श्रोत र साधनको प्रयोग गर्ने र सहभागितामुलक कृषि प्रणालीको विकास गर्ने हो भने नेपालको कृषिको भबिस्य राम्रो हुनेमा दुइ मत छैन
४ कृषिमा नयाँ विचारहरुलाइ प्रोत्साहन 🧑🌾
अस्ट्रेलियाले नयाँ पिढीलाई कृषि कर्म सुम्पनको लागि र कृषिमा बहुमुखी सुधार र सफलताको लागि नयाँ बिचार र धारणा भएका व्यक्तिहरुलाई कृषिमा ठुलो अनुदान दिने गरेको छ। कृषिलाई फरक तरिकाले र नयाँ ढंगले अगाढी बधाउन सक्ने व्यक्तिहरुलाई उनीहरुको व्यापार प्रस्तावको आधारमा करोडौं लगानी गरिदिन्छ। तेस्तै अन्य धेरै खालका अनुदान हरु र पुरस्कार को ब्यबस्थाहरुले गर्दा याँहा कृषिमा ब्यबसाय गर्न चाहनेहरु सजिलै ध्यानाकर्षित, प्रोत्साहित र प्रेरित हुन्छन।
तेस्तै नेपालमा पनि धेरै भन्दा धेरै नयाँ पिढीहरु बेरोजगार भएर बसिरहेका छन्, तेस्तै कति धेरै स्नातक सकेर आफ्नो प्राविधिक ज्ञानलाइ बास्तविक जीवनमा उतार्न मौका पर्खिएर बसिरहेका छन्। स्पष्ट रूपमा नयाँ पिढीहरुमा नयाँ प्राविधिक ज्ञान र बिचार हरु प्रसस्त छन्, यी ज्ञान र बिचारलाई नेपाल सरकारले छिटै नै चिनेर कृषि ब्यबसायमा आकर्षित गर्नु जरुरि छ।
५ कृषि बिमा
अस्ट्रेलियामा ब्यबसायिक रुपमा गरिने कृषि ब्यबसाय र कृषि संग सम्बन्धित अन्य उद्योगहरु बिमित हुन्छन। जस्तै खेतीबाली, बस्तुपालन, माछा पालन, तरकारी खेती, फलफुल खेति देखि लिएर यी कृषि उपजबाट चल्ने अरु उद्योगहरु पनि बिमित हुन्छन। मौसम परिवर्तन, प्राकृतिक प्रकोप र अन्य प्राकृतिक समस्या हरुको कारणले गर्दा व्यवसायमा आर्थिक समस्या परेमा र घाटा लागेमा बिमा कम्पनीहरुले त्यो असरको क्षतिपूर्ति परिपूर्ति गर्ने गर्छन। बिमा ब्यबस्थाको कारणले गर्दा नयाँ ब्यबसायी तथा भर्खरै व्यवसायमा लागेका किसान हरुलाई आर्थिक भार पनि पर्दैन भने ब्यबसाय सुरक्षित नै रहन्छ। नयाँ ब्यबसायी कृषि ब्यबसायमा आउन खोजेको छ भने पनि उसलाई यो ब्यबसाय असुरक्षित महसुस हुँदैन।
येस्तै तरिकाले नेपालमा पनि कृषिलाई ठुलो स्केलमा व्यवसायीकरण गर्न सकेको खण्डमा र, प्राइभेट संघ-संस्था हरुको संयोजनमा कृषि बिमा लाइ सहज, सुरक्षित र सरल बनाउन सक्ने हो, बीमालाई सर्वसुलभ र उपयोगी बनाउन सक्ने हो भने, नयाँ पिढीहरुलाई कृषि ब्यबसायमा आउन र भएका किसानहरुलाई पनि आफ्नो ब्यबसाय जारी राखिराख्न धेरै भन्दा धेरै सहयोग पुग्छ
अरुहरुको सफलताबाट अब हामीले केहि सिक्ने, ब्यबहारमा उतार्ने रभैरहेको कृषिलाई सफल बनाउने तिरा लाग्नु नितान्त जरुरि छ। आउनुहोस हातेमालो गरौँ अनि सबै मिलेर हाम्रो कृषि समुन्नत बनाउँ।
💚💚💚💚💚💚💚💚💚💚💚
Nice , worthy article
ReplyDeleteNice , worthy article
ReplyDeleteThank you
DeleteHighly appriciable ,keep it up.
DeleteThanks a lot. Keep motivating me
Delete