गरीबी, कुपोषण, खेर गईरहेको खानेकुरा अनि हामीले अस्ट्रेलिया जस्तो देशहरुबाट खानेकुरा ब्यबस्थापन गर्न सिक्नुपर्ने कुराहरु

अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा खानेकुरा किन्न जाँदा खानेकुराको धेरै विविधता पाइन्छ। एउटै खानेकुराको पनि सयौं प्रकारहरु उपलब्ध हुन्छन; जसमा पनि तरकारी र फलफूलहरुका प्रकारहरु देख्दा नेपालका किसानहरु, तरकारी र फलफूल प्रशोधन उद्योगहरू र सरोकारवालाहरुले धेरै कुराहरु सिक्न जरुरि देखें। बिषेशत तरकारी र फलफुलहरु धेरै समयसम्म सामान्य तापमानमा स्टोर गर्न सकिंदैन, तसर्थ यी फलफूलहरु र तरकारीहरू खेर जान नदिन धेरै तरिकाले प्रशोधन गरेर विभिन्न तरिकाको खानेकुरामा अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा उपलब्ध छन्।  

नेपालको सन्धर्भमा कुरा गर्दा हामीले दैनिक रुपमा धेरै खानेकुराहरु खेर फालिरहेका हुन्छौं। संगसंगै धेरै मात्रामा पोस्ट-हार्वेस्ट लस र पोस्ट-हार्वेस्ट लसको उचित व्यवस्थापन नभएको कारणले गर्दा पनि धेरै खानेकुराहरु खेर गईरहेका छन्। २०१२ मा गरिएको एक अनुसन्धानको आधार लिंदा नेपालमा तरकारी र फलफुलमा २०-५०% पोस्ट-हार्वेस्ट लस हुन्छ। एकातीर  लगभग एक चौथाई देखि आधा फसल चाहिं हार्वेस्ट पछि पनि खेर जाने रहेछ भने अर्को तीर एक चौथाई नेपाली जनताहरु कुपोषित छन् र ३०% भन्दा बढी जनताहरु गरिबीको रेखामुनि छन्। यसरी खेर गईरहेको खानेकुराको उचित ब्यबस्थापन गर्न सक्ने र पोस्ट-हार्वेस्ट लस लाइ कम गर्न सक्ने हो भने कुपोषण र गरीबीलाइ घटाउन सहयोग पुग्ने थियो। मैले अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा भएको खानेकुराको ब्यबस्थापन सहितको धेरै विविधता देखेर नेपालमा पनि सरोकारवाला हरुले पनि केहि सिक्न जरुरि देखें


१. फलफुल र तरकारीहरुको प्रसोधन 

फलफुल र तरकारीहरु छिटै गल्ने र धेरै समय सम्म भण्डारण गरेर राख्न नमिल्ने कृषि उपज हरु हुन्। तसर्थ, धेरै लामो समयसम्म भण्डारण गरेर राख्न नमिले फलफुल र तरकारीहरुलाइ प्रसोधन गरेर विभिन्न तरिकामा उपलब्ध गरायो भने बेमौसममा पनि त्यो तरकारी र फलफुल उपभोग गर्न पाइन्छ, संगसंगै मुख्य मौसमको समयमा सस्तोमा बेचेर आम्दानि कम हुनु पनि पर्दैन। प्रसोधन सस्तो र सजिलो तरिकाले गर्न सकिन्छ जस्तै तरकारी र फलफुललाइ सानो सानो टुक्रामा काटेर सुकाएर प्याक गर्ने, जस्ताको तस्तै अवस्थामा क्यानमा बन्द गरेर राख्ने, काटेर सानो सानो टुक्राहरू बनाएर क्यानमा बन्द गरेर राख्ने, भिभिन्न तेल, नुन अर्थात् चिनीको घोलमा डुबाएर क्यानमा बन्द गरेर राख्ने। अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा सिङ्गै, विभिन्न तरिकाले काटेको (बोक्रा उक्काएको, बर्गाकार आकारमा काटेको), लेदो बनाएर राखेको टमाटर; उसिनेर नुन अर्थात् तेलको घोलमा डुबाएर राखेको दलहन जस्तै चना, केराउ अनि सिमिहरु; नुनको घोलमा डुबाएर राखेको काँचो कटहर, बेबी कर्न, च्याउ; फरमेन्ट र पिकल बनाएर राखेको काँक्रा, मुला, गाँजर; सुप बनाएर राखेको दलहन; सुप बनाएर राखेको फर्सी; सुप बनाएर राखेको सखरखण्ड; सुकाएर राखेको फलफुल; चिनीको घोलमा डुबाएर राखेको फलफुलहरु प्रसस्त, सजिलै र सस्तो मूल्यमा दैनिक उपलब्ध छन्। यसरि प्रसोधन गरेर र उपजको मूल्य (value) थपेर बजारमा अस्ट्रेलियाको ग्रोसरीहरुमा जस्तै तरकारी र फलफूलहरु उपलब्ध गराउन सक्ने हो भने पोस्ट-हार्वेस्ट लस कम हुन जानुको साथै बेमौसममा पनि तरकारी र फलफुल कम मूल्यमा उपभोग गर्न पाइन्छ। यसले गर्दा, सधै भरि ताजा तरकारी र फलफुल किन्न नसक्ने बर्गहरुलाइ  पनि तरकारी र फलफुल किन्न सक्ने वातावरण सिर्जना हुन जान्छ। 





फोटो : अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा पाइने प्रसोधित अनि क्यानड फुडको उदाहरण 

२. फ्रोजन भण्डारण

तरकारी र फलफूलहरु छिटै नै गल्ने, नास हुने र धेरै समय सम्म सामान्य कोठाको तापमानमा भण्डारण गर्न नसकिने भएकोले, उत्पादन धेरै भएको समयमा कुहिएर जाने सम्भावना धेरै हुन्छ।अर्को तिर, छिटै बिग्रिएर जाने भएकोले किसानहरुले यी तरकारी र फलफुलहरुलाई छिटै बिकाउन सस्तोमा बेच्नु पर्ने हुन्छ जसले गर्दा किसानहरुले अधिकतम लाभ लिन सक्दैनन। संगसंगै, पछि बेमौसममा यी तरकारी र फलफूलहरुको ठुलो मूल्य हुन्छ। तसर्थ, यी तरकारी र फलफुलहरुलाई धेरै चिसो तापक्रममा राखेर धेरै समय सम्मको लागि भण्डारण गर्न सकिन्छन । यसरि भण्डारण गर्दा, खानेकुरामा भएको पौस्टिक तत्व पनि धेरै नस्ट हुदैन भने 0 डिग्री सेल्सियस भन्दा मुनिको तापक्रममा भण्डारण गर्दा १ वर्ष सम्म आरामले भण्डारण गर्न सकिन्छ। अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा विभिन्न प्रकारका तरकारीहरू जस्तै केराउ, सिमी, गाँजर, मकै, काउली र पालुंगो सहज तरिकाले सस्तोमा फ्रोजन अवस्थामा किन्न सकिन्छ। 


फोटो : अस्ट्रेलियाको ग्रोसरीहरु स्टोरहरुमा पाइने फ्रोजन तरकारी र फलफुलको उदाहरण  

नेपालको सन्धर्भमा फेरी पनि कुरा गर्दा, एक चौथाई कुपोषित र एक तिहाइ गरिबीको रेखामुनि रहेका जनताहरुलाइ खानेकुराको कति धेरै महत्व राख्दछ तर हाम्रो तरकारी फलफूलहरु फसलको एक चौथाई देखि आधा त हामीले ब्यबस्थापन गर्न नसकेर/नजानेर खेर गईरहेको छ।  यदि यो खेर जाने खानेकुरालाई ब्यबस्थित (जसरि अस्ट्रेलिया ले गरिरहेको छ माथि उल्लेख गरे अनुसार) गर्न सक्ने हो भने यी जनताहरुले पनि खाने कुरा किन्न सक्ने थिए भने अर्का तिर किसानहरुले आफ्नो उत्पादन सस्तोमा बेच्न पर्दैन थियो र अधिकतम लाभ लिन सक्ने थिए।  

कृषिलाई ब्यापारीकर गर्न पनि यसले सहयोग गर्न सक्छ। कृषि भनेको उत्पादन गर्ने काम मात्र होइन, कृषि भनेको उत्पादन पछाडीको ब्यबस्थापन र औधोगीकरण पनि हो। फलफुल र तरकारी प्रसोधन गर्ने उधोग जस्तै धेरै उत्पादनको समयमा सुकाएको तरकारी र फलफुल बनाउने, जुस बनाउने, क्यानमा तरकारी र फलफुल प्याक गर्ने , अचार बनाउने र फ्रोजन गरेर खानेकुरा प्याक गर्ने पनि एउटा कृषि उद्यम हो। यसले गर्दा, धेरै उत्पादन भएको मौसम/समय मा खानेकुरा हरु खेर जान दिदैन भने धेरै मनिशारुल्लाई रोजगारीको अवसर पनि दिन्छ।  तसर्थ, नेपालमा पनि सरोकारवालाहरुले यो कुरामा ध्यान दिंदा धेरै फाइदा हुने थियो।  



 



Comments

Popular posts from this blog

Is Rambutan is potential for commercial production in Nepal?

अस्ट्रेलियामा बेसारलाइ कसरि दैनिक उपभोग तथा जडिबुटीजन्य औषधि को रुपमा प्रयोग गरिएको छ?

How can we shape our future agriculture in Nepal?