रुद्राक्ष ब्यबसायका चुनौती तथा भविष्यको परिप्रेक्ष्य
नेपालको पूर्वीय क्षेत्रहरु जस्तै संखुवासभा र भोजपुर जिल्लाहरुमा भर्खरै ब्यबसायाकै रुपमा खेति गरिन थालेको तर परापुर्व काल देखि नै धार्मिक मान्यताको रुपमा रहेको बहुबर्षीय रुख हो रुद्राक्ष। यो एउटा ठुलो र धेरै हाँगाबिङ्गा भएको, सेतो फुल फुल्ने र साना देखि ठुला सम्म गोलाकार देखि चेप्टा दानाहरु फल्ने एउटा रुख हो। परापुर्व समय देखि नै यो रुद्राक्षको बोट र दाना को धार्मिक मान्यता रहिआएको छ। फोटो: रुद्राक्षको बोट, रुद्राक्षको फल र दाना, फोटोको श्रोत: OMG नेपाल र रुद्राक्ष रत्न पहिले पहिले रुद्राक्षको माला लाइ ध्यान गर्दा र शिव भगवानको मन्त्र जप गर्दा जप गन्नको लागि प्रयोग गरिन्थ्यो। अझै पनि धार्मिक क्षेत्रमा रुद्राक्षको मालाको त्यहि नै मान्यता रहिरहेको छ। शिव भगवानको अवतार को रुपमा लिएर रुद्राक्षको दानालाई पुजा गर्ने चलन पनि छ, त्यस्तै रुद्रखाको बोटलाइ काट्ने मास्ने गर्नु हुदैन तथा रुद्राक्षको दानालाइ फुटाउनु हुदैन भन्ने मान्यता पनि बिध्यमान नै छ। रुद्राक्षको बिरुवा लगाउनु भनेको भगवान शिवको आशिर्बाद घरमा ल्याउनु हो भन्ने धारणा पनि रहिआएको छ। धेरै जसो, ...